सापारु/गाईजात्रा हेर्न जाने विचारमा हुनुहुन्छ ? जान्नुहोस दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
चन्द्रागिरि नगरक्षेत्रमा रातिदेखि नै वर्षा भइरहेको छ। अहिले देशका सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।
कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको छ । न्यूनचापीय रेखा उत्तरतर्फ हुँदा नेपालमा मनसुन थप सक्रिय भएर धेरै वर्षा हुन्छ ।













