गोदावरी नगरपालिकाले बाढी पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत दिने

Thankot Times

थानकोट ।

ललितपुरको गोदावरी नगरपालिकाले वर्षाका कारण भएको डुबान तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको शनिबार बसेको आकस्मिक बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउनेका हरेक परिवारलाई राहत स्वरूप दुई लाख दिने निर्णय गरेको हो ।

नगर प्रमुख गजेन्द्र महर्जनले मानवीय क्षति हुन नदिन नगरपालिकाले आफ्नो संयन्त्रको भरपूर प्रयोग गरेको बताए ।

‘नहुनपर्ने पर्ने कुरा भयो, आकस्मिक बैठक बसेर आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं, क्षति कम गर्न नगरपालिकासँगै धेरै सरकारी-गैरसरकारी निकायबाट सहयोग लियौं,’ नगरप्रमुख महर्जनले भने, ‘अथक प्रयासका बाबजुद पनि मानवीय क्षति रोक्न सकिएन ।’ उनले मान्छेको जीवनको अघि सहयोग गौण भए पनि परिवारजनलाई राहत मिल्ने विश्वास व्यक्त गरे ।

गोदावरी नगरपालिका पछिल्लो साता विपद् मा परि १३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *