झ्याप्ले खोला पहिरोः पुरिएका बसबाट निकालिए १० वटा शव, पहिरो पन्छाउने क्रम जारी
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत धुनिवेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो ।
प्रहरीले अहिलेसम्म १० शव समेत फेला परेको बताएको छ ।
अहिले पुरिएको अवस्थामा रहेको बसको केहि भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने खुल्ल्न बाँकी रहेको छ ।
शुक्रबार गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि छुटेको माइक्रो बस अहिलेसम्म सम्पर्कविहिन भएको बताइएको छ ।
बस र माइक्रोको खोजी जारी रहेको र झयाप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यहि पहिरोमा परेको हुनसक्ने आशंका गरिएको छ ।

















