झ्याप्ले खोलामा उद्धार जारी, अवरुद्ध सडक सुचारु गराउने तयारी

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक खुलाउने तयारी भइरहेको छ ।

पहिरोले पुरिएका चार सवारी साधनबाट शनिबार र आइतबार गरि ३५ शव निकालेपछि अब सुरक्षाकर्मीले सडक खुलाउन ध्यानकेन्द्रित गरेका छन् ।

खोलाको पहिरोमा बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको हायस, गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस तथा बा १ प १३८८ नम्बरको बस पुरिएका थिए ।

पहिरोमा पुरिएको बस तथा शव नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले निकालेको हो ।

र यो क्रम जारी रहने प्रहरीले जनाएको छ ।

अहिले राजमार्गमा लामो जाम भएकोले सडकलाई आजै एकतर्फी  भएपनि खुलाउने गरी काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चापलाई ध्यानमा राख्दै शनिबार बिहानदेखि सुरूङमार्गबाट अत्यावश्यक सेवाका सवारी साधन तथा यात्रुहरूलाई काठमाडाैं भित्रने व्यवस्था गरिएको छ ।

तस्बिरः शम्भु दंगाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *