झ्याप्ले खोला पहिरोमा परि मृत्यु हुने ३५ मध्ये ३२ जनाको शवको सनाखत

Thankot Times

थानकोट। 

त्रिभुवन राजपथ अन्तर्गत धादिङ जिल्लाको धुनिबेँशी नगरपालिका-९, झ्याप्ले खोलामा शुक्रबार राति यात्रु बससँगै पहिरोमा पुरिएको अवस्थामा फेला परेका ३५ शव मध्ये १९ शवको सनाखत भएको छ।

चारवटा सवारी साधनमा भेटिएका १९ वटा शवको सनाखत गरिएको धादिङ प्रहरीले जानकारी दिएको हो। 

धादिङ प्रहरीका प्रहरी निरीक्षक सिलवालका अनुसार पर्वतको कुश्मा नगरपालिका–२ बस्ने ३१ वर्षकी पुष्पा शर्मा, गोरखाको बारपाक सुलिकोट–७ बस्ने वर्ष २८ को नवराज पन्त, रुकुम पश्चिमको मुसिकोट–१५ बस्ने वर्ष ३९ का तेजबहादुर विष्ट, गोरखाको गण्डकी गाउँपालिका–४ बस्ने वर्ष ४० का नवराज तिवारी, बझाङ जयपृथ्वी-१ बस्ने वर्ष २३ का नवीन सिंह र चितवनको भरतपुर महानगरपालिका–२१ बस्ने वर्ष २१ की अनिता थापा मगरको सनाखत भएको हो नेपाल खबरमा समाचार छ। 

यस्तै मकवानपुरको मनहरि गाउँपालिका–९ बस्ने वर्ष ३३ की सन्तु विक, काठमाडौँको काठमाडौँ महानगरपालिका–१६ बस्ने वर्ष ४८ का आनन्द राजवंशी, चितवन खैरहनी नगरपालिका–३ बस्ने वर्ष १९ का सिद्धार्थ गुरुङ, तनहुँको भानु नगरपालिका–३ बस्ने वर्ष २६ का जनक कुँवर, चितवन भरतपुर महानगरपालिका–९ बस्ने वर्ष ५३ का मोहन दास आचार्यको सनाखत भएको छ।

प्रहरी निरीक्षक सिलवालका अनुसार सनाखत हुने थप मृतकमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१ बस्ने वर्ष ५६ का नरेन्द्र खत्री, गोरखा भीमसेन थापा गाउँपालिका–४ बस्ने वर्ष ४७ का मदन परियार दमाईं, सोही स्थानका वर्ष १५ का विनायक भट्टराई, सोही गाउँपालिकाको धोर्चे–७ बस्ने वर्ष २७ मन सुके दमाईं छन् भने बागलुङ बडिगाँड गाउँपालिका–२ बस्ने वर्ष ५२ का इन्द्रजित राना, सोही स्थानकी ४० वर्षीया भीमकुमारी राना, जुम्ला सिँजा गाउँपालिका–६ बस्ने वर्ष ३९ का हरिबहादुर बुढा र धादिङको ज्वालामुखी गाउँपालिका–२ बस्ने वर्ष २६ की लीलामाया तामाङ छन्। 

झ्याप्लेखोला पहिरोबाट निकालिएका जम्मा ३५ शवमध्ये १३ वटाको भने आइतबार नै सनाखत भइसकेको छ। 

बाँकी २२ शवमध्ये हालसम्म १९ वटा शवको सनाखत भएको र अझै ३ वटा शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *