हेटाैंडा जाने सडक कुन सुचारु छ, कुनमा अवरोध छ ? यस्तो छ ताजा अपडेट

Thankot Times

थानकोट ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न सडक मार्गहरूको पछिल्लो अवस्था अपडेट गरेको छ । प्राप्त विवरण अनुसार

सुचारु रहेका सडक मार्गहरू

त्रिभुवन लोकपथ सडक खण्ड अन्तर्गतको हेटौडा,भैसे,सिमभन्याङ,पालुङ :- सुचारु
कुन्छाल,चित्लाङ,चन्द्रागिरी हुदै थानकोट निस्कने (चित्लाङ थानकोट सडक खण्ड) :- सुचारु
त्रिभुवन लोकपथ (हेटौडा भैसे सिमभन्याङ पालुङ नौबिसे) सडक खण्ड:- सुचारु
मदन भण्डारी लोकमार्ग (धरान चतरा) सडक खण्ड :- सुचारु
पुर्व पश्चिम लोकमार्ग :- सुचारु
अवरोध रहेका सडक मार्ग
हेटौडा भैसे भिमफेदी कुलेखानी फाखेल सडकखण्ड :-मकवानपुर ईन्द्रसरोवर गा.पा. २ सिमखोला स्थितमा बाटो पुर्ण रुपमा भत्किएको, पुलामा समेत क्षेती, ईन्दसरोवर गा.पा.२ र ४ जोडने १०० मिटर बाटो बगाएको, ईन्दसरोवर गा.पा.४ माहालक्ष्मी खोलाको पक्की पुल बगाई सडक पुर्ण रुपमा अवरुद्ध भएको ।
कुलेखानी सिस्नेरी छैमले सडकखण्ड – जि.मकवानपुर ईन्द्रसरोवर गा.पा.३ रामचन्द्र भञ्याङमा पहिरोको कारण, ईन्द्रसरोवर गा.पा.३ सिस्नेरी बजारमा बर्षाको कारण बाटो भत्किएर पुर्णमा अवरोध भएको ।
कान्तीलोकपथ सडकखण्ड :- जि. मकवानपुर भिमफेदी गा.पा. ८ स्थितमा बागमती खोलाको पुलको मकवानपुर तर्फ कटान गरी बाटो पुर्ण रुपमा अवरोध भएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *