कीर्तिपुरमा भारी वर्षापछिको भेलले एक पुरुष बगायो, खोजी कार्य जारी
थानकोट ।
बिहीबार बिहान कीर्तिपुर क्षेत्रमा भारी वर्षा भएको छ ।
वर्षापछि कीर्तिपुर नगरपालिका-९ भाजंगाल खाेल्साे (ढुंगःचा खाेंच)मा ढिस्काेसहित मानिस खसेपछि अहिले उनको खोजी कार्य भइरहेको छ ।
स्थानीयबासी, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टाेली बेपत्त पुरुषको खोजीमा लागि परेका छन् ।
प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ८ः३० बजे झाडी काट्न गएका अन्दाजी ५० वर्षका प्रल्हाद महर्जन ढिस्काेसहित खसेको स्थानीय सञ्चारकर्मी वीरेन्द्र शाक्यले जानकारी दिनुभयो ।
तस्बिरः वीरेन्द्र शाक्य

















