पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने
थानकोट ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् ।
शाहले विजया दशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।
शाको सचिवालयका संवाद सचिव फणिराज पाठकका अनुसार, शाह र उनकी पत्नी कोमल राज्य लक्ष्मी देवी शाह दुवैले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने छन् ।
पूर्वराजा शाह अहिले एक साता लामो भुटान भ्रमणमा छन् ।
उनी फूलपातीअघि स्वदेश फर्कने संवाद सचिव पाठकले जानकारी दिए ।

















