काठमाडाैंमा माेटरसाइकलसहित ढलमा खसेका युवा फर्पिङमा मृत भेटिए
थानकोट ।
असोज ११ गते काठमाडौँ महानगरपालिका-१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा बेपत्ता भएका युवा मृत भेटिएका छन्।
बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोक घर भई हाल रानिवन बस्ने चालक राजन श्रेष्ठलाई खोलाले बगाएको थियो । उनको शव फर्पिङमा फेला परेको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख किरण बज्राचार्यका अनुसार नागार्जुन-१ मा बस्ने सिन्धुपाल्चोकका १९ वर्षिय राजन श्रेष्ठको शव दक्षिणकाली नगरपाकालिका-८ मखुबेसीस्थित बागमती नदीमा फेला परेको हो।
फर्पिङ प्रहरीले उक्त शव फेला पारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परिक्षणका लागि पठाएको थियो। उक्त शवको पहिचान आफन्त सरोज श्रेष्ठले गरेका हुन्।
‘घोप्टो परेको अवस्थामा शव फेला परेको थियो’, फर्पिङ प्रहरीले भन्यो ।
उनको शव बुधबार दिउँसो १२ बजे फेला परेको हो ।

















