कोजाग्रत पूर्णिमासम्म नारायणगढ-काठमाडौं सडकमा ठूला सवारी साधन सञ्चालनमा रोक
थानकोट ।
मुग्लिङ- नारायणगढ सडकखण्डमा ठूला सवारी साधानमा रोक लगाइएको छ ।
चितवनको नारायणघाटदेखि काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधानमा रोक लगाइएको हो ।
यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै नारायणघाट हुँदै काठमाडाैं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको हो । कोजाग्रत पूर्णिमासम्म सो व्यवस्था लागु हुने बताइएको छ।

तर खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्नेछन् ।
विभागले दसैँका बेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ ।

















