स्रोत नखुलेको १९ लाख नगदसहित कलंकीबाट दुई जना पक्राउ

Thankot Times

थानकोट ।

कलंकीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट दुई जनालाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका-४ घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं-२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन्।

एसपी अधिकारीका अनुसार शंकास्पद कारोबार भइरहेको खबरपछि परिसरबाट टोली खटिएको थियो। 

साबित्रीलाई फेला पारेर जाँच गर्दा उनीबाट १५ लाख नगद बरामद भएको एसपी अधिकारीले बताए।

उनी उक्त रकम बैंकमा जम्मा गर्न हिँडेकी थिइन्। सोधपुछ गर्दा भारतीय नागरिकको रहेको र एक वर्षदेखि न्यूरोडमा काम गर्ने गरेको प्रहरीसमक्ष बताएकी थिइन्। 

कार्यालयमा सुरेशलाई फेला पारी थप चार लाख नगद फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *