जापान पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ
थानकोट ।
जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भएर काठमाडौँ बस्ने २८ वर्षीय पारस कार्की छन् ।
उनले जापान पठाउँछु भनेर दुई जनासँग २ लाख २५ हजार रकम असुलेर सम्पर्क विहीन भएका हुन् ।
आरोपीलाई शंखमुलबाट पक्राउ गरेर कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

















