फर्पिङ नाकाबाट समातिए २१ वर्षीय सन्देश

Thankot Times

थानकोट ।

दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेक पोष्टबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ६० ग्राम सहित एक युवा पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुर मनहरी गाउँपालिका-२ बस्ने २१ वर्षीय सन्देश भन्ने मिचेन गोलेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ४८७७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *