काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

Thankot Times

थानकोट ।

राजधानी काठमाडौंमा विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ सुन्ताखान भण्डारी चोक नजिकै सडकमा प्र.३-०२-०१४ प ५९३८ नम्बरको स्कुटर गए राति दुर्घटना हुँदा स्कुटरमा सवार सिन्धुपाल्चोक सुकुटे घर भई काठमाडौँ बौद्ध बस्ने २८ वर्षीय हरि कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचारको भइरहेको छ ।

यसैगरी काठमाडौं, शंखरापुर नगरपालिका-१ नाङलेभारे पाङग्रेबासस्थित सडकमा नाङलेभारेबाट मेलम्चीतर्फ जाँदै गरेको ना.१ ज ६७७३ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया सुन्तली बिकको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सुस्मा कोइराला मेमोरियल अस्पताल शलम्बुटारमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *