असोज १७ गते खोंचमा खसेर बेपत्ता भएका कीर्तिपुरका प्रल्हाद महर्जन मृत भेटिए
थानकोट ।
यही असोज १७ गते घर नजिकैको खोंचमा खसेर बेपत्ता भएका कीर्तिपुर-९ का प्रल्हाद महर्जन मृत फेला परेको बताइएको छ ।
महर्जनको शव कटवाल दहभन्दा करिब ३ सय मिटर तल फेला परेको हो ।
बागमती नदी किनारमा पुरुषको शव देखेपछि प्रहरीमा खबर गरिएको थियो । महर्जनका परिवारजनले शव पहिचान गरेका हुन् ।
पाटन अस्पतालमा पोष्टमर्टनका लागि महर्जनको शव राखिएको छ ।

















