पछिल्लो एक सातामा १३ लाख मानिस काठमाडाैं उपत्यकाबाट बाहिरिए

Thankot Times

थानकोट ।

पछिल्लो एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले १३ लाखको हाराहारीमा मानिस बाहिरिएको बताए ।

‘हामीले १८ लाख मानिस दशैं मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरेका थियौं । तर बाढीपहिरोका कारण एक सातामा जोखिम मोलेर पनि १३ लाखको हाराहारीमा मानिस बाहिरिएका छन् । यो आजसम्मको तथ्याङ्क हो।’ उनले भने ।

अघिल्लो वर्षको दशैंमा करिब १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

असोज ११ र १२ गते देशका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोका कारण सडक मार्गहरू अवरुद्ध हुँदा कतिपय यात्रुले घर फर्कने सोंच बदलेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *