मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी

Thankot Times

थानकोट ।

आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादशैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको काठमाण्डौमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । बडादशैँको सार्वजनिक बिदा हिजो सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भए पनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमासम्म निरन्तर चलिरहन्छ ।

यस वर्ष कात्तिक १ गते पर्सि बिहीबार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *