प्रधानमन्त्री उद्धार कोषमा पौने दुई अर्ब रकम जम्मा

Thankot Times

थानकोट ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६ सय ३४ रुपियाँ रकम जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गते बुधबारसम्म जम्मा भएको रकम सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड ६ लाख ३२ हजार २ सय ९ रुपियाँ जम्मा भएको थियो ।

असोज २३ यता स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख, (एसआइएमओएन) ले एक लाख ९३ हजार १ सय १, विद्युत उत्पादन कम्पनीले पाँच लाख ९६ हजार ७ सय ४५, साल्ट ट्रेडिङ्ग कर्पोरेसनले ६० लाख, (एनआरएनए) ले ५१ लाख, नेशनल इन्सुरेन्स कम्पनी दश लाख, राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८, सोनापुर टोल विकास संस्थाले १३ हजार ३ सय १५, झरबारी टोल विकास समितिले तीन हजार, नेपाल प्रहरी श्रीमती सङ्घले पाँच लाख ५५ हजार ५ सय ५५, विधाधर मल्लिकले सात हजार ६ सय ७१ रुपियाँ सहयोग गरेको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *