गोकर्णेश्वरमा एक पुरुष मृत फेला

Thankot Times

थानकोट ।

गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् ।

प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *