काठमाडौं महानगरले माग्यो १०८ जना कर्मचारी
थानकोट ।
काठमाडौं महानगरपालिकाले १०८ जना करार कर्मचारी माग गरेको छ ।
महानगरले आज बुधबार गोरखापत्र दैनिकमा एक सूचना जारी गरी मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीसम्म माग गरेको हो ।
महागनरले लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म २०८२ असार मसान्तसम्मका लागि मात्रै करारमा काम गर्ने गरी कर्मचारी माग गरेको हो ।
महानगरले आठौं तहको मेडिकल अधिकृत ४ जना, पाँचौं तहको ल्याब टेक्निसियन २९ जना, पाँचौं तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौं तहको स्टाफ नर्स ५ जना माग गरेको छ ।
त्यस्तै, फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ ।
श्रेणीविहीन २६ जना कार्यालय सहयोगीसमेत माग गरेको छ ।
सूचना हेराैं


















