कलंकीको एक गेष्ट हाउसमा युवती मृत फेला

Thankot Times

थानकोट ।

कलङ्कीस्थित गण्डकी गेस्ट हाउसमा २९ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् ।

काठमाडौँ महानगरपालिका-२१ जैसीदेवल घर भएकी कञ्चन गौतम गेस्ट हाउसको कोठा नम्बर-२०३ मा मृत फेला परेकी हुन् ।

मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौँ ।’

गाैतमको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *