युट्युबबाट धार्मिक सहिष्णुता खलल पारेको आरोपमा एकजना पक्राउ
थानकोट ।
धार्मिक सहिष्णुता खलल पार्ने अभिव्यक्ति दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङको हलेसीतुवाचुङ नगरपालिका–८ का नयन्द्रकुमार राई छन् ।
उनलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।
उनले युट्युबमा धार्मिक सहिष्णुतामाथि आघात पुर्याउने, घृणा वा द्वेष फेलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने भिडियो बनाएको खुलेको छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान भइरहेको ब्युरोको एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

















