जुवातास खेलिरहेको ठाउँबाट ७ लाखसहित ११ जना पक्राउ

Thankot Times

थानकोट ।

ललितपुरमा जुवातास खेल्दै गरेको ठाउँबाट ७ लाख  ३० हजार रूपैयाँ नगदसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निराजन पाण्डेले सञ्चालन गरेको फूलबारी पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो। 

ललितपुरबाट खटिएको टोलीले बुधबार राति साढे ८ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले जानकारी दिए। 

उनका अनुसार कृष्ण थापा, सागर सञ्जेल, गणेश दाहाल, सुमन श्रेष्ठ, रोजिन ठकुरी, गोबिन्दकुमार झा, जीवन थापा, सविन थापा, सागर केसी, मनोज बाँनिया र रन्जित लामा पक्राउ परेका हुन्।

प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *