कीर्तिपुर अस्पताल नजिकै एक महिला मृत फेला
थानकोट ।
कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् ।
कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।
हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

















