कीर्तिपुरमा तास खेलिरहेका ५ जना समातिए, फेला पर्यो ९९ हजार ९ सय रूपैयाँ
थानकोट ।
कीर्तिपुर नगरपालिका-८ पांगाबाट ५ जना पुरुषलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्थानीय रामकृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा रामकृष्ण समेत ५ जना पक्राउ परेका हुन् ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
उनीहरूमाथि प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।

















