यमपञ्चक अन्तर्गत आज काग तिहार मनाइँदै

Thankot Times

थानकोट ।

कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार।

विभिन्न परिकार खान दिई शनिबार कागको पूजा गरिँदैछ।

यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको छ ,

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ।

कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ।

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *