चन्द्रागिरि क्षेत्रमा तापक्रम घट्दो, चिसो बढ्दो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा केही दिनयता क्रमिक रूपमा चिसो बढेको छ ।

चिसोसँग तापक्रम घट्दै गएको छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो ।

आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम -४ डिग्री सेल्सियस छ ।

सोमबार जुम्लाको न्यूनतम तापक्रम -३.८ डिग्री सेल्सियस थियो । आइतबार जुम्लाको न्यूनतम तापक्रम -३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *