कस्ताे रहला आज शनिबार दिनभरकाे माैसम ?

Thankot Times

थानकोट ।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागलगायत बाँकी तराई क्षेत्र तथा उपत्यकाहरूका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *