त्रिभुवन पार्कको ‘रोज गार्डेन’ खोइ ? – सासंद् कृष्णगोपाल श्रेष्ठ (भिडियो सहित)
थानकोट ।
काठमाण्डाै क्षेत्र नं. ९ का संघीय सांसद् कृष्णगोपाल श्रेष्ठले शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क)का केहि क्षेत्र भाडा दिइनु गलत भएको धारणा राख्नुभएको छ ।
शुक्रबार चन्द्रागिरि नगरपालिकाको नवाैं नगर सभालाई सम्बोधन गर्नुहुँदै सांसद् श्रेष्ठले क्षणिक आर्थिक लाभका लागि त्रिभुवन पार्कको महत्वपूर्ण क्षेत्र भाडामा दिइनु गलत भएको बताउनुभएको हो । पार्क भित्र पार्क बनाउने विषय उपयुक्त नभएको र पार्क उजाड पारिनु दुःखद भएको धारणा राख्दै सांसद् श्रेष्ठले पार्कको महिमा कायम राख्न सबै नगरबासी जागरूक हुनुपर्नेमा जोड दिनुभयो ।














