पोखरामा हुने ओपन स्क्राबल च्याम्पियनसिपमा प्रभात माविका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने
थानकोट ।
पोखरास्थित हार्वर्ड एकेडेमीले संयोजन गर्ने ओपन स्क्राबल च्याम्पियनसिपमा ललितपुरस्थित प्रभात माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि सहभागिता जनाउने भएका छन्।
सो विद्यालयका ८ जना विद्यार्थीहरू यही मंसिर २९ र ३० गते हुने प्रतियोगितामा भाग लिने भएका हुन् ।
स्क्राबल काठमाडौंका संयोजक बुद्ध गौतमको नेतृत्वमा प्रभात माविका विद्यार्थीहरूले ललितपुर जिल्लाको प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने बताइएको छ । उनीहरू शुक्रबार पोखरा प्रस्थान गर्ने तालिका छ।
प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूको बिहीबार एक कार्यक्रमबा बीच विद्यालयले बिदाइ गरेको छ ।
स्क्राबल प्रतियोगिताले विद्यार्थीहरुमा खेलको माध्यमद्धारा नयाँ नयाँ शब्दहरुको खोजि गर्ने , चिन्तन गर्ने र शब्द भण्डार वृद्धि गर्ने कलाको विकास गराउने हुँदा यसले विद्यार्थीहरुको शैक्षिक अब्बलता पनि तिब्र रुपमा वृद्धि गराउँछ ।
यो खेल अंग्रेजी वर्ण ए देखी जेड सम्मका अक्षरहरुको माध्यमद्धारा बोर्डमा नयाँ र स्कोर बढी प्राप्त गर्ने शब्दहरु निर्माण गर्दै २ जना खेलाडीहरु बीच समय सिमा निर्धारण गरि खेलाउने गरिन्छ ।
















