कीर्तिपुर नगर क्षेत्रका यी स्थानमा आज दिउँसो बिजुली अवरुद्ध हुने

Thankot Times

थानकोट ।

नेपाल नेपाल विद्युत प्राधिकरणले कीर्तिपुर नगर क्षेत्रका विभिन्न स्थानमा आज दिउँसो बिजुली अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत काठमाडाैं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले आज सोमबार कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गतका क्षेत्रमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म विद्युत सेवा बन्द जनाएको हो ।

कीर्तिपुर नगरका ट्याङ्गा फाँट क्षेत्र लगायतका स्थानमा बिजुली कटाैती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

सूचना हेराैं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ