यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

आज (शनिबार) बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावका कारण  सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

पछिल्लो तीन घन्टामा सिमिकोट विमानस्थलमा ६.९  मिलिमिटर पानी परेको छ। त्यस्तै कालीकोटको विजयपुरमा ३.२ मिलिमिटर, बैतडीमा २.२ मिलिमिटर वर्षा मापन भएको छ।

साथै  सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात भइरहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भू-भागका केही  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहने पनि महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि सम्भावना छ।

शनिबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको पूर्वानुमान छ।

Ncell

सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै  कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा  बाँकी प्रदेशका थोरै स्थानहरूमा राति पनि हल्का वर्षाको सम्भावना रहनेछ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा  हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *