चीनमा ७ म्याग्नेच्यूडको भूकम्प जाँदा सिंगो नेपालमा कम्पन महशुस

Thankot Times

थानकोट ।

काठमाडौंमा आज मंगलबार बिहान ६ः५१ बजे महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु चीनको स्वशासित क्षेत्र तिब्बत रहेको बताइएको छ।

सो भूकम्पको धक्का नेपालका अधिकांश क्षेत्रमा महशुस भएको छ ।

भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा पर्दछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ