नयाँ व्यवस्थापनका साथ सतुङ्गल चोकमा मेरी एजुकेशन सञ्चालनमा

Thankot Times

थानकोट ।

नयाँ व्यवस्थापनका साथ सतुङ्गल चोकमा मेरी एजुकेशन सञ्चालनमा आएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरि मेरी एजुकेशन सञ्चालनमा ल्याइएको हो ।

जहाँ कोरियाली, जापानी, अंग्रेजी लगायतका भाषा पढाई हुने सञ्चालक माधव ढकालले बताए ।

यस्तै, विभिन्न देशमा भ्रमण एवं अन्य प्रयोजनका लागि भीसा प्राप्तिका लागि समेत मेरी एजुकेशनले सहजीकरण गर्ने बताइएको छ ।

चन्द्रागिरि नगर क्षेत्रको प्रमुख व्यापारिक केन्द्र सतुङ्गलमै अष्ट्रेलिया, जापान, कोरिया लगायतका देशहरुमा उच्च शिक्षा अध्ययनका लागि तयारी कक्षाहरु सञ्चालनमा आएसँगै तयारी कक्षाका लागि चन्द्रागिरि नगरका विद्यार्थीहरू अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिइएको मेरी एजुकेशन व्यवस्थापनको भनाइ छ ।

सो संस्थामा कम्प्युटर कक्षालगायत विभिन्न तहका ट्यूसन कक्षा समेत सञ्चालन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *