पूर्वाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर (सूचनासहित)

Thankot Times

थानकोट ।

पूर्वाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर खुलेको छ।

विश्वविद्यालयले केही संख्यामा प्राध्यापक, उप–प्राध्यापक, सह–प्राध्यापक माग गरेको हो।

विश्वविद्यालयले कृषि (हर्टिकल्चर) विषयका दुई जना उप–प्राध्यपक, नर्सिङ (चाइल्ड हेल्थ र कम्युनिटी हेल्थ) विषयका एक/एक जना उप–प्राध्यापकको माग गरेको हो। 

यस्तै, व्यवस्थापन र कम्प्युटर संकायका एक/एक जना प्राध्यापक तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ र नर्सिङ संकायका एक/एक जना सह–प्राध्यापक मागेको हो।

प्राध्यापक र सह– प्राध्यापक पदका लागि उमेर ५० वर्ष ननाघेको हुनु पर्नेछ। तर तोकिएको उमेर हदभित्रै विश्वविद्यालयको स्थायी, करार, अस्थायी सेवामा प्रवेश गरी कार्य गरिरहेकाहरूको हकमा यो नियम लागु नहुने बताइएको छ।

खुला समावेशी प्रतियोगितातर्फ प्राध्यापक पदको लागि पाँच हजार रूपैयाँ, सह–प्राध्यापक पदको लागि चार हजार पाँच सय रूपैयाँ र आन्तरिक प्रतियोगितातर्फ उप–प्राध्यापक पदको लागि तीन हजार पाँच सय रूपैयाँ आवेदन दस्तुर लाग्नेछ। 

इच्छुकले फागुन ८ गते दिउँसो २ बजेभित्र आवेदन दिइसक्नु पर्नेछ। दोब्बर दस्तुर तिरेर फागुन १५ गते दिउँसो २ बजेसम्म आवेदन दिन सकिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *