मेयर हर्क साम्पाङले बोकेको गाग्री प्रहरीले खोस्यो !

Thankot Times

थानकोट ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार सिंहदरबारमा पुगेका छन् ।

धरानको खानेपानी समस्या बारे प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई अवगत गराउने उद्देश्यका साथ उनी केहीबेर अघि सिंहदरबारमा पुगेका हुन् । 

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर हिजो काठमाडौँ आएका थिए ।

तर, उनी सिंहदरबारमा गाग्रीसहित प्रवेश गर्न पाएनन् ।

खाली गाग्री प्रहरीले नियन्त्रणमा लिएको हो । 

सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै साम्पाङले गाग्री प्रहरीले नियन्त्रणमा लिएको बताए । 

तस्वीरः सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ