अनलाइन जुवा खेलाउने दुई जना काठमाडाैंबाट पक्राउ
थानकोट ।
अनलाइन जुवा खेलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन् ।
उनीहरुले २ करोड बराबरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले दुई करोड ४१ हजार ६३६ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।


















