ललितपुरको एक अस्पतालको शौचालयमा मृत भेटिए युवा

Thankot Times

थानकोट ।

ललितपुरको किष्ट अस्पतालमा एक जना युवाको शव फेला परेको छ।

सोमबार बिहान साढे ५ बजेतिर महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित किष्ट अस्पतालभित्रको इमरजेन्सी पछाडी रहेको शौचालयभित्र एक युवा मृत फेला परेको प्रहरीले जनाएको छ।

मृतक महालक्ष्मी नगरपालिका वडा नम्बर ८ बिसुन्डोलका ३१ वर्षीय सन्दीप रावल रहेको प्रहरीको भनाइ छ।

उनी बिरामीका आफन्त रहेको अस्पतालले जनाएको छ।

ती पुरूष गए राति शौचालय गएका थिए। उनको मृत्युको कारण खुलिसकेको छैन्।

शव किष्ट अस्पतालमै पोष्टमर्टम भइरहेको छ। पोस्टमर्टम रिपोर्टपछि मात्रै मृत्युको कारण यकिन हुने अस्पताल प्रशासन स्रोतले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ