तीन वटा ठगी कसुरका अभियुक्त सुवास पक्राउ

Thankot Times

थानकोट ।

तीन वटा ठगी कसुरका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका-११ का २६ वर्षीय सुवास चालिसे छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध तीन वटा ठगीका उजुरी रहेको छ ।

प्रहरीका अनुसार उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ३ लाख ६१ हजार, परिसर काठमाडौंमा २ लाख ७५ हजार र वैदेशिक रोजगारसम्बन्धी कसुरमा ८६ हजार ठगीको उजुरी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ