खत्रीपाैवा नजिकै दुईवटा ट्रिपर दुर्घटना, २ जनाको मृत्यु

Thankot Times

थानकोट ।

शनिबार बिहान धादिङको धुनिबेशीमा छुट्टाछुट्टै समयमा दुई वटा टिपर दुर्घटना हुँदा दुवै चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान अन्दाजी १२:३० बजे त्रिभुवन राजपथअन्तर्गत खत्रिपौवाबाट खानिखोलातर्फ जाँदै गरेको बा २क ४८८० नं को खाली टिपर धुनिबेसी ९ तिनतिरे धारा सडकबाट ९० मिटर तल खोल्सामा खसी दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा टिपर चालक जिल्ला मकवानपुर इन्द्रसरोवार गापा१ सेरा बस्ने वर्ष २२ का प्रदीप थिङ घाइते भई उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाएको थियो । उनको उपचारकै क्रममा बिहान ०२ः१५ बजे मृत्यु भएको हो । 

यसैगरी धुनिबेसी नगरपालिका टायलघरमा शनिबार बिहान ०४ः०० बजे अर्को टिपर पनि दुर्घटना भयो ।

काठमाडौंबाट खानीखोला तर्फ जाँदै गरेको बा ३ ख ७४०२ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खस्दा टिपर चालक धादिङ थाक्रे २ का वर्ष ३४ का लक्की राई घाइते भएका थिए । 

उनलाई पनि उपचारका लागि शिक्षण अस्पताल काठमाडौं पठाएइकोमा बिहान ४ः५० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको बताइएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ