ग्यास लोड भएको बुलेट गाडी भिमफेदीमा पल्टियो
थानकोट ।
मकवानपुरमा ग्यास लोड भएको बुलेट गाडी दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार गएराती मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–१ रातोमाटेस्थित त्रिभुवन राजपथ सडकखण्डमा हेटौँडा बजार तर्फबाट भैसेतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको १२ चक्के ग्यास बुलेट सडकमा पल्टिएको हो ।
ग्यास लोड बुलेट गाडी सडकको दाहिनेतर्फ पल्टदाँ सडक अवरुद्ध भएपछि नयाँ बाटो बनाई एकतर्फी रुपमा आलोपालो गरि सवारी आवत जावतको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

















