चोरीको मोबाइलले विवाद हुँदा कुटाकुट, २३ वर्षीय युवकले गुमाए ज्यान
थानकोट ।
काठमाडौं प्रहरीले मोबाइल फोन चोरीको घटनामा दुई समूहबीच विवाद हुँदा एकजनाको ज्यान गएको घटना सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चाबहिलको कुमारीगालमा चोरीको मोबाइल फोन लिने विषयमा दुई समूहबीच विवाद हुँदा २३ वर्षीय संघर्ष कार्कीको मृत्यु भएको खुलाएको हो।

पक्राउ परेकामध्ये नरेन्द्र देउला यसअघि पनि अपराधिक कार्यमा संलग्न रहेको खुलेको उनले बताएका छन् ।
त्यस्तै प्रहरीले काठमाडौंको बूढानीलकण्ठमा अनलाइन बेटिङ गराएको आरोपमा केहीलाई पक्राउ गरेको छ । चालू आर्थिक वर्षमा ६ वटा अनलाइन बेटिङका घटनामा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।