गाँजाको धुलोसहित कीर्तिपुरबाट समातिए ७५ वर्षीय वृद्धसहित ३ जना

Thankot Times

थानकोट।

अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित सोमबार बेलुकी प्रहरीले कीर्तिपुरबाट ३ जनालाई नियन्त्रणमा लिएको छ । 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कीर्तिपुर नगरपालिका बस्ने ७५ वर्षीय जित बहादुर महर्जनसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले महर्जनको घरबाट उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ