महाशिवरात्रि मूल समारोह समिति गठन

Thankot Times

थानकोट ।

पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन भएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्ष समेत रहेका मन्त्री पाण्डेको सभापतित्वमा बिहीबार बसेको परिषद्को बैठकले सो समिति गठन गरेको हो ।

समितिअन्तर्गत नौ वटा विषयगत उपसमिति गठन गरेर पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु गरिएको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले जानकारी दिए ।

पशुपति क्षेत्रमा रङरोगन, भित्तेचित्र लेखन, बत्ती व्यवस्थापनलगायत सुरु गरिएको छ ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन १४ गते मनाइँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ