भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा अत्यासलाग्दो मानवीय क्षति

Thankot Times

थानकोट ।

भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । 

लोकनायक अस्पताल (एलएनजेपी) अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएको बीबीसीले लेखेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ