पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका २८ वर्षीय सुरज काठमाडाैंमा समातिए
थानकोट ।
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ९ घर भएका २८ वर्षीय सुरज गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
गएको माघ ११ गते राति काठमाण्डौ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीमा एक होटल अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो ।
त्यो मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी अर्काे नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा गुरुङलाई काठमाण्डौ महानगरपालिका–१७ नयाँ बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

















