चन्द्रागिरि क्षेत्रमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको माैसम ?
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा बिहीबार बिहानैदेखि मेघ गर्जनसहित वर्षा सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
देशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।















