चन्द्रागिरि नगरक्षेत्रमा बिहानैदेखि घामपानी, कस्तो रहला दिनभरको माैसम ?
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा अहिले बिहान छिटपुट वर्षा भइरहेको छ ।
आज देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको छ । आंशिकदेखि साधारणतया बदली हुँदा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, मधेस,बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।












