बिहानीपख भारी वर्षा भएको चन्द्रागिरि क्षेत्रमा आज दिउँसो पनि पानी पर्ला ? यस्तो छ पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा भारी वर्षा भएको छ ।

नवलपरासी, रुपन्देहीलगायत जिल्लामा भारी वर्षा भएको हो ।

पछिल्लो तीन घण्टामा नवलपरासीको दुम्कौली परासी वर्षामापन केन्द्र र आसपास भारी वर्षामापन भएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

नवलपरासीको डण्डास्थित वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ ।

थप वर्षा हुने सम्भावना रहेकाले डण्डा, कावासोती र आसपासको गिरिउवारीलगायत अन्य ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ । त्यसैले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

रुपन्देही जिल्लास्थित लुम्बिनी वर्षामापन केन्द्र र आसपास हल्कादेखि मध्यम वर्षामापन भएको छ ।

सो क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *