असार १४ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै देवदर्शन साकोस

Thankot Times

थानकोट ।

संस्थाको १७औं स्थापना दिवसको अवसरमा आउँदो शनिबार (असार १४ मा) देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

तिलगंगा आँखा अस्पताल गाैशला, मेडपोइन्ट अस्पताल सतुङ्गल लगायतका संस्थाको प्राविधिक सहयोगमा आयोजना हुन लागेको सो स्वास्थ्य शिविरमा रक्तचाप, मधुमेह, नशा तथा हाडजोर्नी, छाला रोगका विशेषज्ञ चिकित्सकले परामर्श दिने देवदर्शन साकोसका अध्यक्ष रामनारायण घिमिरेले जानकारी दिए ।

देव दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को मुख्यालय चन्द्रागिरि नगरपालिका-०५ दाउराडिपोमा आयोजनामा हुने सो शिविर बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म जारी रहने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *